हङकङमा सुपुर्दगी सम्बन्धी विधेयक फिर्ता हुने
हङकङमा विवादको जड बनिरहेको सुपुर्दगी सम्बन्धी विधेयक फिर्ता हुने भएको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी सम्बन्धी विधेयक फिर्ता लिने घोषणा गर्नुभएको हो ।
गत अप्रिल महिनामा ल्याइएको उक्त विधेयकका कारण ३ महिनादेखि हङकङमा विरोध प्रदर्शन हुँदै आएको थियो ।
उक्त विधेयकमा संदिग्ध अपराधीहरूलाई चीनमा सुपुर्दगी गर्न मिल्ने व्यवस्था प्रस्तावित रहेको र उक्त प्रावधानले राजनीतिक पूवाग्रहसहित चीनमा सुपुर्दगी हुने आशंकासहित विशाल विरोध प्रदर्शन भएका थिए ।
उक्त विधेयकलाई पूर्ण रूपमा फिर्ता लिनुपर्ने माग प्रदर्शनकारीहरुले राख्दै आएका थिए । साथै पूर्ण प्रजातान्त्रिक अधिकार प्रदान गर्नुपर्ने उनीहरुको माग छ ।
Facebook Comments

