डेङ्गु रोगको प्रकोपबाट बच्न सरसफाईमा ध्यान दिन आवश्यक

मुलुकका विभिन्न भागमा डेङ्गु रोगको प्रकोप बढिरहेको छ । एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाईबाट डेङ्गु रोग लाग्ने गर्दछ ।

नेपालमा सन् २००४ मा चितवन जिल्लामा पहिलो पटक डेङ्गु रोग पत्ता लागेको थियो । त्यसयता तराईका जिल्लाका साथै पहाडी जिल्लाहरुमा समेत यसको प्रकोप देखिन थालेको छ ।

कास्कीमा मात्रै झण्डै १ हजार जनामा डेङ्गु रोगी भेटिएका छन् । काठमाडौंमा समेत सयौंमा यसको संक्रमण भेटिएको छ । चितवन जिल्लामा ८ सय २५ जनामा डेङ्गु रोग देखा परेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

चितवनमा त डेङ्गु रोग परीक्षण गर्ने कीट समेत अभाव भएको छ । यद्यपि भरतपुर महानगरपालिकाले कीटको अभाव हुन नदिने बताएको छ ।

डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुने गर्दछ । टेकु अस्पतालमा बिरामी रिफर गर्दा अस्पतालले धान्न नसक्ने अवस्था आएपछि सबैभन्दा पुरानो अस्पतालले सेवा शुरुआत गरेको जनाएको छ ।

विसं २०७५ वैशाख महीनामा धरानमा देखापरेको सो रोग हाल देशका ५० भन्दाबढी जिल्लामा देखा परिसकेको छ । यसबाट मुख्य शहर काठमाडौँ, पोखरा, विराटनगर, धरान, चितवनमा प्रकोपका रुपमा देखापरेको छ ।

चितवनमा त उपचारका क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । नवलपुर जिल्ला स्थायी घर भई नारायणगढ बस्ने एक वृद्ध र शुक्रनगर घर भएकी किशोरीको डेङ्गुका कारण मृत्यु भएको थियो ।

चितवनमा आर्थिक वर्ष आर्थिक वर्ष २०७३/०७४ मा दुई हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेङ्गु फेला परेको थियो । आ.व. ०७४/०७५ मा ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।

डेङ्गुको भाइरस ७ दिनमा आफैं निष्क्रिय हुने र एडिस जातको लामखुट्टेले टोकेका मध्ये १० प्रतिशतलाई मात्र यस रोगको लक्षण देखिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक बासुदेव पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार एसी, एअरकुलर लगायतका पानीकाे प्रयाेग हुने मेसिनमा एडिस जातकाे लामखुट्टे बस्ने गर्दछ ।

Facebook Comments