स्वरेकको एम्वुलेन्स अक्षयकोषमा शोभाखर पंगेनीद्धारा११ हजार भन्दा बढि आर्थिक सहयोग


स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा सञ्चालनमा आएको एम्वुलेन्सको अक्षयकोषको लागि सहयोग आउने क्रम जारीरहेको छ ।
नमुना स्वरेक सहयोगी समाज स्याङजा र नमुना स्वरेक सामाजिक कोष कतारले संयुक्त रुपमा सञ्चालन गरेको एम्वुलेन्समा अक्षयकोषको लागि भीरकोट नगरपालिका वडानं ५ स्वरेक महापुर घर भई हाल साउदीमा कार्यरत शोभाखर पंङगेनी शुनिलले नगद ११ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गर्नुभएको नमुना स्वरेक सहयोगी समाज स्याङजाका सचिव इन्द्र प्रसाद पराजुली (नवराज)ले जानकारी दिनु भयो ।
स्वरेकमा एम्वुलेन्स सञ्चालनमा आएपछि १० लाखको अक्षयकोष बनाउने उद्देश्य सहित शुरु भएको अक्षयकोष अभियानमा सहयोग आइरहेको अभियानका संयोजक भेषराज पराजुलीले बताउनु भयो ।
सहयोग गर्नुभएका शोभाखर पंङगेनीले आफ्नो ठाउँमा एम्वुलेन्स सञ्चालनमा आएर स्थानीयलाई दिएको सेवा प्रभावकारी भएकोले थप हौसलाको लागि आफुले थोरै भएपनि रकम सहयोग गरेको बताउनु भयो ।
नमुना स्वरेक सहयोगी समाज अध्यक्ष घनश्याम पाण्डेयले एम्वुलेन्स अभियान अक्षयकोष सम्मको भएकोले अहिले पनि निरन्तर रुपमा अक्षयकोषमा रकम आउनेक्रम जारी रहेको बताउनु भयो । पाण्डेयले यस अगाडि रकम घोषणा गर्नुभएका आ आफ्नै कारणले अभियानमा सहयोग नगर्नु भएकाहरुलाई पनि अक्षयकोषमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

Facebook Comments