आँधीले जापानको जनजीवन प्रभावित
भारी वर्षापछि आएको आँधीले जापानको जनजीवन प्रभावित बनाएको समाचार छ ।
फक्साई नामको आँधीका कारण जापानका टोकियो, कानागावा, सिङजुका शहर आँधीको चपेटामा परेकाे अधिकारीहरूले जनाएका छन् ।
ती शहरका बसाेबास गर्ने ३ लाख ९० हजार नागरिकलाई सुरक्षित रहन सरकारी पक्षबाट अपिल गरिएकाे छ ।
आँधीका कारण जापानका सय भन्दा बढी हवाई उडानहरु रद्द भएका छन् भने रेलवे सेवासमेत अवरुद्ध भएपछि बनेपछी सयौं यात्रु अलपत्र परेको बीबीसीले जनाएको छ ।
बिजुली आपूर्ति बन्द भएकाे छ भने सरकारी तथा निजी कार्यालयहरूमा सेवा प्रवाह ठप्प बनेकाे छ ।
प्रतिघण्टा २५ किलोमिटरको दरको आँधी आएको बताइएकाे छ । यसकाे असर अझ केही दिनसम्म रहने मौसमविद्हरुले जनाएका छन् । बिबिसीबाट
Facebook Comments

