निर्माण ब्यबसायी संघ चितवनको अध्यक्षमा कंडेल निर्वाचित

निर्माण ब्यबसायी संघ चितवनको अध्यक्षमा उमानन्द कंडेल निर्वाचित हुनुभएकाे छ ।

शुक्रबार राति सम्मपन्न मत गणनामा कंडेलले छवि गौतमलाई भारी मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे ।

कँडेलले २०४ मत ल्याउँदा प्रतिष्पर्धी गौतमले ६८ मत मात्रै प्राप्त गर्नुभयाे । यस्तै द्धितीय उपाध्यक्षमा दिनेशचन्द्र न्यौपानेले भिष्म अधिकारीलाई पराजित गर्दै निर्वाचित हुनुभएकाे छ । यस्तै संघको सचिवमा पुष्कर अधिकारी, सह–कोषाध्यक्षमा ताराप्रसाद दुवाडी विजयी हुनुभएकाे छ ।

यस्तै संघको खुुल्ला सदस्यमा सहदेव उप्रेती (२१८ं), संजय न्यौपाने (१८५), शिवलाल ढकाल (१७१), प्रकाश तिवारी (१६८), दीपक अधिकारी (१५९), विष्णु प्रसाद लामिछाने (१४५), दीपक पाठक (१३९) र पिताम्बर बास्तोला (१३७) विजयी हुनुभएकाे छ ।

कुल ८ जना खुल्ला सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो।

यस्तै संघको बिहीबार भएको मनोनयन दर्ताको क्रममा प्रथम उपाध्यक्षमा केशवप्रसाद लामिछाने, महासचिवमा पुस्तक अधिकारी र कोषाध्यक्षमा उत्सव भट्टराई निर्विरोध निर्वाचित हुनुभयाे ।

यस्तै महिला सदस्यमा पनि रोजिना भट्टराई निर्विरोध चयन हुनुभएकाे छ ।

Facebook Comments