सराङ्गकोट बहुउद्देश्यीय सहकारीकाे साधारण सभा सम्पन्न

सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभाले संस्थाले वार्षिक रुपमा सम्पन्न गरेको तथा आगामी वर्ष नीति तथा कार्यक्रम विनियमनियमावली पारित गरेको छ ।

४ करोड २३ लाख शेयर पुजी, बचत २९ करोड, कर्जा ३० करोड रहेको संस्थाले २०६३ देखि रेडियो सराङ्गकोट संचालन गर्दै आइरहेको छ ।

संस्थाले बहुउद्देश्यियको लागी २०७४ मा घर जग्गा खरीद र यस वर्ष थप व्यवसायीक भवनको समेत निर्माण सम्पन्न गरेको सचिव कृष्ण थापाले जानकारी दिनुभयाे ।

संस्थाले सम्पूर्ण शेयर सदस्य, कर्मचारीहरुका लागि स्वास्थ्य विमा, दुर्घटना विमा सहित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा विशेष छुट योजना, रेडियोमा सम्पूर्ण छुट व्यवस्था पारित गरेको छ ।

सो साधारणसभाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य प्रभा कोइरालाले सहकारीको माध्यमबाट हुने रचनात्मक कृयाकलापले समाजमा सकारात्मक एकता कायम गरेको बताउनुभयो ।

जिल्ला सहकारी संघ अध्यक्ष रविरमण तिवारीले ऐन नियमलाई पालना गर्दै उत्पादनमुखी कार्यमा लाग्नुपर्र्नेे बताए । कार्यक्रममा उत्कृष्ठ कर्मचारी सविता थापा, प्रेम नारायण सिग्देल, उत्कृष्ठ कारोबारतर्फ निरु क्षेष्ठ, कृष्ण प्रकाश शाह, ध्रुव कुमार सुनचौरी, विमला बराल, जेष्ठ सदस्य तेज नारायण तिमिल्सीना र विभिन्न शैक्षिक क्षेत्रमा उत्कृष्ठ भएका तथा भवन निमार्ण समिति,सहयोगीहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थाका सल्लाहाकार सोभियत बहादुर अधिकारी, सृजना विकास केन्द्रका अध्यक्ष मिन प्रसाद भट्टराई, सृजना महिला बचत तथा ऋणि सहकारीका अध्यक्ष पवित्रा के.सी., मुत्तिनाथ विकास बंैकका प्रवन्धक ध्रुव रेग्मी, संगममार्ग टोल विकास संस्थाका अध्यक्ष ढाकाराम लामिछाने, महिला समुहका अध्यक्ष इन्दिरा लामिछाने, शिक्षाविद दामोदर शर्मा, रेडियो सराङ्गकोटका समाचार प्रमुख कमल पौडेल अथकलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष प्रेम बहादुर जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बसन्त बहादुर बानिया, सचिव कृष्ण थापा, कोषाध्यक्ष मिन बहादुर अधिकारी, लेखा संयोजक शिव बहादुर बानिया, रेडियो सराङ्गकोटका प्रबन्ध निर्देशक अर्जुन बहादुर बस्नेत,ऋणि समितिका संयोजक राम चन्द्र थापा, व्यवस्थाक सुरेन्द्र थापा, सदस्य गणेश बहादुर अधिकारी, महिला समिति सदस्य तारादेवी थापा, संचालक सदस्य कुल प्रसाद सुवेदीलगायतले सहकारीको विविध पक्षमा आफ्नो भनाइ राखेका थिए ।

Facebook Comments