असाेज ३ युगिन महत्वकाे दिन
गण्डकी प्रदेश सरकारले संविधान दिवस २०७६ काे अवसरमा शुभकामना व्यक्त गरेकाे छ ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले एक सन्देश जारी गर्दै संविधान दिवस २०७६ काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, प्रगति समृद्धि र सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे हाे ।
सन्देशमा नेपाली जनताको लामो संघर्ष, त्याग र वलिदानबाट प्राप्त महत्वपुर्ण उपलब्धी स्वरुप पहिलोपटक जनताका प्रतिनिधी मार्फत् संविधान निर्माण भई २०७२ साल असाेज ३ गते घोषणा भएकोले यस दिन नेपालको राजनैतिक एवं संवैधानिक ईतिहासमा युगिन महत्वको दिनका रुपमा स्वर्णीम अक्षरले लेखिएको उल्लेख छ ।
सन्देशकाे पूर्ण पाठ

Facebook Comments

