मेडिकल स्टकिष्ट अफ नारायणगढको अध्यक्षमा बिष्णुप्रसाद बास्ताेला चयन
मेडिकल स्टकिष्ट अफ नारायणगढको अध्यक्षमा बिष्णुप्रसाद बास्ताेला चयन हुनुभएकाे छ ।
मेडिकल स्टकिष्ट अफ नारायणगढको १४ औ साधारण सभा तथा छैठौ अधिवेशन वुधवार सम्पन्न अधिवेशनले बास्ताेलकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
संस्थाकाे उपाध्यक्षमा मदन कृष्ण घिमिरे, महासचिवमा श्रीनीवास पौड्याल चयन हुनुभएको छ । त्यस्तै सचिवमा विज्ञान पोडेल, कोषाध्यक्षमा प्रकाश गुरुङ्ग र सह कोषाध्यक्षमा रामकृष्ण खकुराललाई चयन गरेको छ ।
जस्को सदस्यहरुमा तारानाथ अधिकारी, धर्मेनद्र आचार्य, नारायण पौडेल र मनोनित सदस्यमा दिपक वस्नेत रहनु भएको नवनिर्वाचित अध्यक्ष वास्तोलाले जानकारी दिनुभएको छ ।

बुधबार स्मारिका विमोर्चन समेत गरेको छ । संस्थाले स्मारिकाको पहिलो अंक निकालेको स्मारिका प्रकाशन समितिका संयोजक कपिल सुवेदीले वताउनुभयाे ।
कार्यक्रममा वोल्ने अधिकामंश वक्ताहरुले औषधि व्यवसायीलाई राज्यले हेर्ने नजरमा परिवर्तन हुन आवश्यक रहेको वताएका थिए ।
जनताको स्वास्थय सग प्रत्यक्ष सरोकार राख्ने औषधिमा समेत कर वढी लगाउदा औषधिको मुल्य वढी पर्ने गरेको वताएका थिए ।
अनुगमनको नाममा राज्यले औषधि व्यवसायीलाई अपराधि झै व्यवहार गर्ने गरेको गुनासो गरेका थिए ।

