उत्तर काेरियाद्वारा क्षेप्यास्त्र परीक्षण

अमेरिकासँग वार्ता अनिश्चित भएपछि उत्तर कोरियाले पछिल्लाे समय क्षेप्यास्त्र निर्माणलाइ निरन्तरता दिएकाे छ ।

यस वर्षमात्रै एघाराैं पटक क्षेप्यास्त्र परीक्षण गरिसकेकाे उत्तर काेरियालय यसपटक नयाँ प्रकारको व्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर काेरियाली सरकारी सञ्चार माध्यमले पुष्टि गरेको छ।

परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौँ परीक्षण हो। उक्त क्षेप्यास्त्र समुद्रमुनिबाट पनडुब्बीबाट प्रहार गर्न सकिने खालको भएको बताइएको छ।

पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र हुनुको अर्थ उत्तर कोरियासँग आफ्नो सीमाबाहिरबाट पनि क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हुनु हो।

दक्षिण कोरियाका अनुसार सो क्षेप्यास्त्र ४५० किलोमिटरको दुरी र ९१० किलोमिटरको उचाइ प्राप्त गरेपछि समुद्रमा खसेको थियो।

सो क्षेप्यास्त्र जापान सागरमा समुद्रमा खसेको थियो। बुधवार स्थानीय समयानुसार बिहान सात बजे सो परीक्षण गरिएको थियो।

उत्तर कोरियाली समाचारसंस्था केसीएनएका अनुसार बाह्य आक्रमणको जोखिम कम गर्न बनाइएको पुक्गुक्सङ-३ क्षेप्यास्त्र आकाशतर्फ प्रक्षेपण गरिएको थियो। उत्तर काेरिया र अमेरिकावीच सिंगापुरमा २०१८काे जुन र भियतनाममा २०१९ फेव्रुअरीमा वार्ता भएपनि निष्कर्षमा भने पुग्न सकेकाे थिएन ।

Facebook Comments