उपराष्ट्रपति पुनले बुवाको हातबाट टीका जमरा ग्रहण
उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले आफ्ना बुवा रामसुर पुनको हातबाट टीका जमरा ग्रहण गर्नुभएको छ । उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुवाबाट दशैंको टीका लगाउनु भएको हो । उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनु भएको छ ।
Facebook Comments

