चिनियाँ राष्ट्रपतिले प्रचण्ड र देउवालाई एक्ला एक्लै भेट्ने

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक्ला एक्लै भेट गर्नुहुने भएकाे छ ।

प्रचण्ड र देउवाकाे सचिवालयले भेटबार जानकारी दिंदै एक्ला एक्लै भेट हुन लागेकाे जनाएका छन् ।

शनिबार साँझ नै काँग्रेस सभापति देउवासँग सी काे भेटवार्ता हुनेछ । देउवाकाे सचिवालयले जनाएअनुसार सी र देउवाबीच बेलुकी सवा ७ बजे भेटवार्ता तय भएको छ ।

राष्ट्रपति सीसँगको भेटवार्तामा कांग्रेसका पदाधिकारी समेतले भेट्ने प्रयास भएपनि साे सम्भव नभएकाे बताइएकाे छ ।

राष्ट्रपति सी र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री प्रचण्डबीच आइतबार बिहान भेटवार्ता हुने प्रचण्डकाे निजी सचिवालयले जनाएकाे छ।

प्रचण्डका प्रेस सहयोगी बिष्णु सापकोटा ‘जुगल’ का अनुसार  प्रचण्ड र सीबीच आइतबार बिहान सोल्टी होटलमा कुराकानी हुने तय भएकाे छ तर समय टुंगाे लाग्न भने बाँकी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा आइतबार नेपाल-चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

Facebook Comments