विश्वकप र एसियन कपकाे छनाेट प्रतियाेगिताः नेपाल र कुवेतबीचको खेल भुटानमा हुने
नेपालले खेल खेल्नका लागि रंगशालाकाे पूर्वाधार समयमै बनाउन नसक्दा नेपाल र कुवेतवीचकाे घरेलु मैदानमा हुनुपर्ने फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता भुटानमा हुने भएकाे छ ।
दशरथ रंगशालामा खेल खेलाउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्ताव गरेपनि एसियाली फुटबल महासंघले मापदण्ड नपुगेकाे बताएपिछ छनाैट प्रतियाेगिता अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएकाे हाे ।
आगामी मंसिर ३ गते भुटानको राजधानी थिम्पुस्थित चाङ्गलिमिथाङ रंगशालामा खेल हुने पक्का भएको एन्फाले जनाएकाे छ ।
नेपालमा खेल हुन नसक्ने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्युट्रल भेन्यूको रुपमा भुटानमा खेल्न प्रस्ताव गरेकाे थियाे ।
एन्फाले गरेको प्रस्तावलाई एसियाली फुटबल महासंघले स्विकृत गरेको हो।

एएफसीका प्रतिनिधि देङ सिओ लोङले गोप्य रूपमा निरिक्षण गरेका थिए। लगत्तै उनले दशरथ रंगशालाको मापदण्ड नपुगेको प्रतिवेदन बुझाएकाे बताइएकाे छ ।
एन्फाले विज्ञप्ती जारी गरेर दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप हुन नसकेकाले न्यूट्रल भेन्यू भुटानमा खेल गर्न स्वीकृति प्राप्त भएकाे जनाएकाे छ ।

