मन्त्रीपरिषद पुनर्गठनप्रति सत्ता साझेदार दल समाजवादी पार्टी असन्तुष्ट
समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गर्नुभएकाे मन्त्रीपरिषद पुनर्गठनप्रति असन्तुष्टी जनाएकाे छ ।
समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले पार्टी अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको मन्त्रालय जानकारी विना नै फेरिएकाे बताउनुभयाे ।
बुधबार उपप्धान एवं स्वास्थ्यमन्त्री रहनुभएका उपेन्द्र यादवकाे जिम्मेवारी हेरफेर गर्दै कानुन मन्त्रालयकाे जिम्मेवारी दिइएपछि साे पार्टीका संघीय अक्ष्यक्ष भट्टराइकाे यस्ताे प्रतिक्रिया सार्वजनिक भएकाे हाे ।
सत्ता साझेदार दलसँग छलफल नै नगरी मन्त्री हटाउनु र मन्त्रालय फेरेकाेप्रति उहाँले असन्तुष्टी व्यक्त गर्नुभयाे ।
पार्टीका केन्द्रीय अध्यक्ष एवम् उपप्रधानमन्त्री स्वास्थ्य मन्त्री स्वदेश फर्किएपछि छलफल गरेर संभवतः सरकार छाड्ने अवस्थामा समाजवादी पार्टी रहेकाे छ ।
संविधान संशोधन हुनुपर्ने सहमति गरेर सरकारमा गएकाे समाजवादी पार्टीकाे माग भने अहिलेसम्म सम्बाेधन हुन सकेकाे छैन् ।
यादवकाे ठाउँमा कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने समाजवादी पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बन्नुभएका सुरेन्द्र यादवलाई हटाइएको छ।

