उपनिर्वाचनमा मतदान जारी

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार मतदान भइरहेकाे छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं. २ मा मतदान भइरहेकाे छ ।

उक्त क्षेत्रमा उम्मेदवार रहनुभएकी विद्या भट्टराइले मतदान गर्नुभएकाे छ ।

उहाँले पोखरा–३३ को शान्ति उदय मावि पुगेर अन्य मतदाताजस्तै लाइनमा बसेर मतदान गर्नुभएकाे हाे ।

कांग्रेस उम्मेदवार खेमराज पाैडेलले भने आफैंलाई मत हाल्न पाउनुहुनेछैन । कास्की क्षेत्र नम्बर ३ पुम्दीभुम्दी निवासी भएकाले काँग्रेसका उम्मेदवार पाैडेलले मतदान गर्न नपाउनुहुने भएकाे हाे ।

त्यस्तै, कास्की–२ कि साझा पार्टीकी उम्मेदवार रजनी केसीले पनि मतदान गर्नुभएकाे छ ।

प्रतिनिधि सभा, प्रदेश सभा र विभिन्न स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधि चयनका लागि उपनिर्वाचन भइरहेकाे हाे ।

Facebook Comments