क्याम्पस तथा विद्यालयमा न्यानो कपडा वितरण

वी लभ पिपुल ग्रुप नेपाल(We love people group Nepal)को सहयोग एवम् रोजन शाही र रविप्रसाद आचार्यको समन्वयमा पोखरा महानगरपालिका वडा नं ३३ स्थित सरस्वती बहुमुखी क्याम्पस र वडा नं २१ कृस्तीस्थित बक्रेक प्रा.वि.का विद्यार्थीलाई आज न्यानो कपडा वितरण गरिएको छ ।

सरस्वती बहुमुखी क्याम्पसका २० जना अपांग विद्यार्थी र बक्रेक प्रा.वि.का कक्षा १ देखि ५ सम्मका गरिब तथा जेहेन्दार २० जना छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको वी लभ पिपुल ग्रुप नेपालका सदस्य रोजन शाहीले जानकारी दिनुभयो ।

उक्त अवसरमा क्यम्पस तथा विद्यालयका पदाधिकारी समेतको उपस्थितिमा न्यानो कपडा हस्तान्तरण गरिएको बताउनुभयो ।

न्यानो कपडा हस्तान्तरण समारोहमा बी लभ पिपुल ग्रुप नेपालका संस्थापक आजीवन सदस्य निर्मल शाही ठकुरी, विष्णु मल्ल ठकुरी, दीलिप मानन्धर, दुर्गा राना मगर लगायतको उपस्थिति थियो ।

Facebook Comments