पाेखराकाे मनिपालमा चम्ल्याहा बच्चा जन्मिए

पाेखराकाे मनिपाल अस्पतालमा चम्ल्याहा बच्चा जन्मिएका छन् । बिहीबार स्याङ्जा पुतलीबजार–१ की सुनिता पौडेल प्रधानले साे अस्पतालमा चम्ल्याहा बच्चालाई जन्म दिनुभएकाे हाे ।

लाखाैं गर्भवतीमध्ये १ जनाबाट चम्ल्याहा बच्चा जन्मने चिकित्सक बताउँछन् । स्त्री राेग विशेषज्ञका अनुसार चम्ल्याहा बच्चा ८ लाखमा एक जनामा हुने गर्दछ । याे तथ्याकंका अनुसार निकै विरलै मध्येले चम्ल्याहा बच्चा जन्मने गर्दछन् ।

सुनिताको शल्यक्रियामा संलग्न डाक्टर महेन्द्र पाण्डेका अनुसार तिम्ल्याहा, चम्ल्याहा बच्च जन्मने विरलै मध्येका हुने गर्दछन् ।

मनिपाल अस्पतालमा समेत चम्ल्याहा बच्चा जन्मिएकाे पहिलाे पटक हाे ।

सुनिताले जन्माएका ४ सन्तानमध्येमा १ छोरा, ३ छोरी छन् । सुनिताको गर्भ चेकजाँज गर्दा ३ वटा बच्चा देखिएपनि अप्रेशन गर्दा ४ बच्चा निकालिलएकाे हाे ।

अहिले बच्चा र आमाको अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टर महेन्द्रराज पाण्डेले जानकारी दिनुभयाे ।

डाक्टर महेन्द्रराज पाण्डको नेतृत्वमा ४ जनाको टोलीले सुनिताको शल्यक्रिया गरेको थियो । अस्पतालले आमा र शिशु पाँचै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताएको छ ।

तथापि आमा र शिशु पाँचै जनाकाे केही दिन अस्पतालमा नै राखेर उपचार गरिने चिकित्सककाे भनाइ छ ।

Facebook Comments