फिलिपिन्समा विद्यालयमा शिक्षा सम्बन्धि विषय अध्यापन गराउनेबारे छलफल
फिलिपिन्समा शान्ति सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । विभिन्न ५५ विद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा कार्यशाला गरिएको हो ।
विद्यार्थीहरुलाई शान्तिका बारे शिक्षा प्रदान गर्ने उद्देश्यसहित कार्यशालाको आयोजना गरिएको हो ।
कार्यशाला कोरियाली सामाजिक संस्था हेभन्ली कल्चर वल्र्ड पिस रेष्टोरेशन अफ लाइट एचडब्लुपिएलको आयोजनामा भएको हो । कार्यक्रममा शान्ति शिक्षा सम्बन्धि शिक्षण सामाग्रीको खाका तयार पारिएको छ ।

शान्ति आफ्नो घरपरिवार, कक्षाकोठा, विद्यालय, टोल समाजमा सम्भव हुने सो अवसरमा सहभागीहरुको धारणा रहेको थियो । शुरुमा आफ्नै घरपरिवारमा शान्तिपूर्ण वातावरण हुनुपर्नेमा सहभागीहरुको जोड रहेको थियो ।
भविष्यमा शान्ति हाँसिल गर्नका लागि विद्यालयका पाठ्यक्रममा नै शान्ति सम्बन्धि शैक्षिक सामाग्रीहरु अध्यापन गराउनुपर्नेमा सहभागीहरु सहमत भएका थिए ।
एच डब्लु पि एलले विश्व शान्तिको लागि अभियानकै रुपमा शान्तिलाई संस्कृतिको रुपमा विकास गर्नुपर्नेमा जोड दिंदै विश्वका विभिन्न मुलुकहरुमा कार्यक्रम गर्दै आएको छ ।

