विद्यार्थीलाई अध्यात्म र विज्ञान लक्षित भ्रमण
पोखरा महानगरपालिका वडा नं ३३ स्थित चण्डी माध्यमिक विद्यालयका विद्यार्थीलाई अध्यात्म एवम् विज्ञानका विषयमा जानकारी गराउने उद्देश्यका साथ अध्ययन भ्रमण गराइएको छ ।
विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनतरत ४० जना विद्यार्थीलाई दुग्ध विकास संस्थान पोखरा कार्यालयका प्रमुख हरिराम पौडेलको संयोजनमा एक दिवशीय भ्रमण गराइएको हो ।
उक्त अवसरमा विद्यार्थीले प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटका साथै मर्साङ्गदी जलविद्युत आयोजनाको अवलोकन गरेका थिए ।
देवघाटमा विद्यार्थीले महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्र पौडेल र देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलबाट अध्यात्मका विविध पक्ष बारे जानकारी गराउनुभएको पौडेलले जानकारी दिनुभयो ।
भ्रमणकै क्रममा विद्यार्थीले मर्साङ्गदी जलविद्युत आयोजनाको पावरहाउस एवम् बाँधको अवलोकन गरेका थिए । उनीहरूलाई आयोजनाका सम्बन्धमा प्राविधिकहरू ई. प्रकाश दहाल र गज शर्माले जानकारी गराउनुभयो ।

