गण्डकी प्रदेशमा ७ सय २९ जनामा काेराेना भाइरसकाे संक्रमण

गण्डकी प्रदेशमा हालसम्म ७ सय २९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ ।

प्रदेशका ८ जिल्लामा बुधबार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार बागलुङमा ९ जना कोरोना संक्रमित फेला परेका छन् । बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको हो ।

कास्कीको पोखरा महानगरपालिकामा २ महिला र एक पुरुष गरी ३ जना र मादी गाउँपालिकाका एक महिला र एक पुरुष गरी २ जनामा समेत कोरोना संक्रमण देखिएको डा. शर्माले जानकारी दिनुभयाे ।

त्यसैगरी नवलपुरको गैंडाकोट नगरपालिकाका ३ जना, पर्वतको कुश्मा नगरपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

पछिल्लाे समय छिमेकी मुलुक भारतबाट नेपाल फर्केर क्वारेन्टिनमा बस्नेहरूमा काेराेना संक्रमण देखिएकाे छ ।

Facebook Comments