प्रधानन्यायधीशमाथि महाअभियोग लगाउन माग

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउनुपर्ने माग गर्दै प्रदर्शन गरिएकाे छ ।

शुक्रबार माइतीघर मण्डलामा प्रदर्शनमा सडक अवरुद्ध गर्दै नागरिक आवाजको नाममा युवाहरुले प्रदर्शन गरिएकाे हाे ।

पत्‍नी हत्या आरोपमा जेलमा रहेका सशस्त्रका पूर्वडिआईजी रञ्‍जन कोइरालालाई सजायँ बढी भएकाे भन्दै झण्डै दुइ तिहाइ सजायँ कम गरी रिहाको फैसला गरेसँगै प्रधानन्यायाधीशकाे विराेधमा प्रदर्शन गरिएकाे हाे ।

लगायतको विरोध सुरु भएको हो ।

पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा सर्वस्वसहित जन्मकैदको सजायकाे क्रममा रहेका कोइराला सर्वाेच्चकाे फैसलापछि बिहीबार जेलमुक्त भएका थिए । केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।

Facebook Comments