एकै दिन ७ हजार २ सय ११ जनामा काेराेना संक्रमण
पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। याे संख्या एकै दिनमा फेला परेकाे सर्वाधिक संख्या हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ४७ पीसीआर परीक्षणमा ७ हजार १ सय ३७ जना र ६ सय २३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये उपत्यकामा मात्रै ३ हजार ५ सय ९५ जनामा संक्रमण भएकाे छ ।
पछिल्लाे समय नयाँ भेरियन्टकाे भाइरसकाे संक्रमण तीव्र बनिरहेकाे छ भने धेरै जिल्लाहरूमा निशेधाज्ञा जारी गरिएकाे छ ।
Facebook Comments

