गण्डकीमा सीता पाैडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख नियुक्त
सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्दैं याँ नियुक्ति गरेकाे छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकाे हाे ।
पदमुक्त गरेसँगै गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयाे ।
पाैडेल र यादव दुवै एमालेमा प्रधानमन्त्री निकट मानिन्छन् । नवनियुक्त प्रदेश प्रमुखलाई आजै केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण गराउने तय भएकाे छ ।
यसअघि नेकपा विभाजन भएसँगै प्रदेश-२ का प्रदेश प्रमुख तिलक परियारलाई भने पदमुक्त गरी राजेश झालाई जिम्मेवारी दिइएको थियो।
Facebook Comments

