नवनियुक्त गण्डकी प्रदेश प्रमुखकाे पदबहाली

गण्डकी प्रदेश प्रमुख सीता पाैडेलले पदभार ग्रहण गर्नुभएकाे छ । पदभार ग्रहण गरेकै दिन प्रमुख पाैडेलकाे विवादास्पद अभिव्यक्ति सार्वजनिक भएकाे छ । संविधान अनुसार राष्ट्रपति, उपराष्ट्रपति र प्रदेश प्रमुख सेराेमाेनियल पद हाे ।

तर पाैडेलकाे अभिव्यक्ति सुन्दा कार्यकारीकाे जस्ताे छनक मिल्छ । पाैडेलले पदभार ग्रहण गरेकै दिन गण्डकी प्रदेशका विपक्षी दल र सभामुखकाे आलाेचना गर्नुभएकाे छ । उहाँले सरकारकाे बचाउ गर्दै पछिल्लाे घटनाक्रममा सभामुख कारक रहेकाे टिप्पणी गर्नुभयाे ।

त्यतिमात्र नभइ सत्तारूढ एमालेकै केही सांसदले जस्तै सभामुखकाे राजीनामा माग गर्नुपर्ने भन्ने सम्मकाे अभिब्यक्ति पाैडेलले दिनुभयाे । जसकाे विपक्षी दलका सांसदहरूले कडा विराेध गर्दै पदीय मर्यादामा बस्न सुझाव दिएका छन् ।

प्रदेश प्रमुखमा सपथ लिएपछि पक्ष विपक्षमा भन्दा पनि समन्वयकारी भूमिका खेल्नुपर्नेमा पदबहालीकै दिन विपक्षी र सभामुखकाे राजीनामा माग्नुपर्ने बताएर सत्ता पक्षकाे बचाउमा लाग्ने छनक पाैडेलबाट आएकाे छ ।

सरकारले यसअघिका प्रदेश प्रमुख अमिक शेरचनलाइ हटाएर पाैडेललाइ प्रदेश प्रमुख चयन गरेकाे हाे । शेरचन पदमा रहँदा मुख्यमन्त्री बिरूद्धकाे अविश्वास प्रस्ताव अगाडि बढाउने सवालमा असहयाेग हुने ठानेर नै यसाे गरेकाे विपक्षीहरूकाे बुझाइ छ ।

लुम्बिनी प्रदेशमा एमाले निकटका प्रदेश प्रमुखले पदीय र संवैधानिक दायरा समेत भुलेर मुख्यमन्त्रीकाे नियुक्ति र सपथ ग्रहण गराएपछि गण्डकीमा पनि त्यस्तै षडयन्त्र रच्न थालिएकाे त हाेइन भनेर विपक्षीले शंका व्यक्त गरेका छन् ।

गण्डकीमा मुख्यमन्त्री विरूद्धकाे अविश्वासकाे प्रस्ताव दर्ता भइ छलफलकाे क्रममा रहेकै बेला गत बैशाख १५ गते प्रस्तावकाे पक्षमा रहेका जनमाेर्चाका सांसद बेपत्ता भएपछि सभामुखले सदन स्थगित गर्नुभएकाे थियाे ।

एमालेले सदन स्थगित गर्न विपक्षीलाइ सघाएकाे भन्दै सदन चल्न नदिने र अविश्वासकाे प्रस्ताव निष्क्रिय भएकाे बताउँदै आएकाे छ ।

Facebook Comments