गण्डकी प्रदेशमा २५ हजार बढीमा संक्रमण
गण्डकी प्रदेशमा हालसम्म २५ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
हालसम्म २ सय ४१ जनाको मृत्यु भएको छ । प्रदेशकाे कास्कीमा सबैभन्दा धेरै ११ हजार ५ सय १० को संख्यामा संक्रमित भेटिएका हुन् । त्यस्तै सबैभन्दा कम मनाङमा १८ जनामा संक्रमण पुष्टी भएको छ ।
त्यस्तै गोर्खा २ हजार ५, लमजुङमा १ हजार ३ सय ३७, पर्वतमा ६ सय ७९, म्याग्दीमा ५ सय १९, मुस्ताङमा ५४, स्याङजामा १ हजार ५ सय ४, तनहुँमा २ हजार २ सय २६, नवलपरासी पूर्वमा ३ हजार ५ सय ५९ जनामा संक्रमण भेटिएको छ ।
संक्रमित मध्ये १६ हजार ३ सय २६ पुरुष र ८ हजार ७ सय २५ महिला रहेका छन् ।
प्रदेशभरिमा शुक्रबारसम्म २ सय ४१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ९ सय ४७ जनाको पिसिआर टेष्ट गरिएकोमा ४ सय ३३ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशले जनाएको छ ।

Facebook Comments

