गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पदबाट राजीनामा दिनुभएको छ ।

आइतबार प्रदेश प्रमुख सीता पौडेलसमक्ष मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो ।

सोमबार प्रदेश सभामा गुरु विरुद्धको अविश्वासको प्रस्तावमा मतदानको कार्यसूची थियो । अविश्वासको प्रस्तावमाथि मतदान हुनुपूर्व नै गुरुङले राजीनामा दिनुभएको हो । प्रदेश प्रमुखबाट राजीनामा समेत स्वीकृत भइसकेकाे छ ।

Facebook Comments