राजीनामा, फ्लाेर क्रस अपराध कर्मः प्रम ओली

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले राजीनामा या फ्लाेर क्रस गरेमा त्याे अपराध कर्म हुने बताउनुभएकाे छ । आइतबार प्रेस वक्तव्य जारी गर्दै ओलीले घुमाउराे भाषामा माधवकुमार नेपाल समूहले गरिरहेका क्रियाकलापलाई अपराध कर्म भन्नुभएकाे हाे ।

संसदमा विश्वासको मत लिनु अघिल्लो आइतबार प्रेस वक्तव्य जारी गर्दै ओलीले नेपाल समूहले जसरी पनि पार्टीका सरकार(केन्द्र र प्रदेश) ढाल्न खोजेको उल्लेख गर्नुभएकाे छ ।

राजीनमा या फ्लाेर क्रस जस्ता गतिविधिलाई इतिहासले माफी गर्ला भनेर विज्ञप्तिमा प्रश्नसमेत गरिएकाे छ ।

पार्टीका कतिपय नेता वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्ष्यामा रहेकाे समेत उल्लेख गर्दै उहाँले आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएकाे बताउनुभएकाे छ ।

साथै सांसदहरूलाइ त्यस्ता कार्यमा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु। वक्तव्यमा भनिएकाे छ ।

साथै प्रधानमन्त्री ओलीले भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने भन्दै आश्वस्त पार्न चाहेकाे पनि बताउनुभएकाे छ ।

Facebook Comments