विदेशी शक्तिले कम्युनिष्ट एकतामा भाँजाे हालेः नारायणकाजी श्रेष्ठ
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले विदेशी शक्तिले नेपालकाे कम्युनिष्ट पार्टी वीचकाे एकतामा भाँजाे हाल्ने काम गरेकाे बताउनुभएकाे छ । उहाँले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताउनुभएकाे छ ।
सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता समेत रहनुभएका नेता प्रकाशले विदेशी शक्तिका साथै एकताको मर्म नबुझ्ने प्रवृत्तिले एकतामा भाँजो हालेको जिकीर गर्नुभयाे ।
एमाले र माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्यका साथ पार्टी एकता गरेको तर देशी विदेशी शक्तिका कारण सफल हुन नसकेकाे उहाँकाे जिकीर छ ।
तत्कालीन नेकपाभित्र कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी नै विभाजन गराइएककाे उहाँकाे भनाइ छ ।

