गण्डकीका ४ मन्त्रीकाे सपथ सम्पन्न, दीपक मनाङे अनुपस्थित
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्नुभएकाे छ ।
नवनियुक्त ४ मन्त्रीकाे बुधबार नै सपथ भएकाे छ भने युवा तथा खेलकूद मन्त्री दीपक मनाङे भने काठमाण्डाै भएकाले सपथमा अनुपस्थित भएकाे बताइएकाे छ ।
बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे ।
यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकासमन्त्री रहनुभएकाे थियाे ।
मुख्यमन्त्री गुरूङले पार्टीभित्र भागबण्डा मिलाउनका लागि मन्त्रालय फुटाउने याेजनामा रहेकाले विना विभागीय मन्त्रीका रूपमा सपथ गराइएकाे हाे ।
Facebook Comments

