वैकल्पिक सरकार गठन हाेस् भनेर मार्गप्रशस्त गरेकाे हुँः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले छिटाे वैकल्पिक सरकार गठन हाेस् भन्ने उद्देश्यसहित मार्गप्रशस्त गरेकाे बताउनुभएकाे छ ।
प्रधानमन्त्रीले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने त्यो भन्दा अगाडि नीति तथा कार्यक्रम पेश गर्ने कार्यका लागि समय कम भएकाले विश्वासको मत लिने तर्फ नलागि मार्गप्रशस्त गरेको बताउनुभयो ।
प्रधानमन्त्री निवासमा पत्रकार सम्मेलन गर्दै उहाँले भन्नुभयो, विश्वासको मत प्राप्त नहुने अवस्था भएकाले अर्को धारा अनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गरेको हुँ ।
आफू सरकारमा पुग्ने इच्छा वा अस्थायी अस्थिरता सिर्जना गर्नका लागि गत बर्षदेखि नै प्रयाश भएको प्रधानमन्त्रीको भनाई छ ।
संसद अशक्त स्थितिमा पुगेको नयाँ सरकार दिने अवस्था र सरकार चलाउने अवस्था पनि नदेखेकाले संसद विघटन गरेको तर्क उहाँको छ ।
Facebook Comments

