जनमाेर्चाका प्रदेश सांसद कृष्ण थापालाई कारवाही
गण्डकी प्रदेशमा सरकार गठनका लागि काँग्रेस सहितकाे गठबन्धनलाई समर्थन गर्ने पार्टी निर्णय उल्लघंन गर्ने राष्ट्रिय जनमोर्चा गण्डकीका सांसद कृष्ण थापालाई पार्टीले कारवाही गरेकाे छ ।
थापाले पार्टी ह्वीप उल्लघंन गर्दा विपक्षी गठबन्धनकाे बहुमतकाे सरकार बन्न सकेन जस्ले गर्दा पृथ्बीसुब्बा गुरूङलाई पुनः मुख्यमन्त्री बन्न बाटाे खुल्याे ।
पार्टीले जारी गरेको ह्विप उल्लङ्घन गर्दै उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन रोकेका कारण जनमोर्चाको केन्द्रीय समिति बैठकबाट सांसद थापालाई कार्वाही गरिएकाे हाे ।
थापालाई पार्टीको सबै जिम्मेवारीबाट निष्काशन गर्ने र १ वर्षसम्म पार्टी साधारण सदस्यबाट समेत निलम्बनकाे कार्वाही गरिएकाे हाे ।
अध्यक्षतामा वैशाखमा बसेको संसदीय दलको बैठक निर्णय र पार्टी ह्विप समेत थापाले उल्लङ्घन गर्नुभएकाे थियाे ।
पार्टीको साधारण सदस्यबाट समेत निष्काशन भएपछि राजनीतिक दल सम्बन्धी ऐन अनुसार थापाकाे संसद सदस्य समेत गुम्ने निश्चित छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पार्टी सदस्यबाट समेत निष्काशन भएको व्यक्ती स्वतः संसद सदस्यबाट समेत निष्काशन हुने उल्लेख छ।

