नागरिकता अध्यादेश संविधान बमाेजिमः महान्यायधिवक्ताकाे कार्यालय

पछिल्लाे पटक सरकारले जारी गरेकाे नागरिक अध्यादेशकाे बिषयमा सामाजिक सञ्जाल र मिडियामा समेत चर्काे अालाेचना भएपछि सरकारले महान्याधिवक्ताकाे कार्यालय मार्फत स्पष्टीकरण दिएकाे छ ।

साेमबार पत्रकार सम्मेलन गर्दै महान्याधिवक्ता रमेश बडालले संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याइएकाे प्रष्टीकरण दिनुभएकाे छ ।

बडालका अनुसार संविधानमा जसले नागरिकता पाउँछ भनिएको छ, अदालतले त्यो व्यक्तिलाई नागरिकता दे भनेर भअदेश जारी गरेकाले अध्यादेश ल्याइएकाे उल्लेख गर्नुभयाे ।

अध्यादेश ल्याएर संविाधनको कार्यान्वयन गरिएको उहाँकाे दावी रहेकाे छ ।

उहाँका अनुसार नेपालमा जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको संख्या १ लाख ९० हजार ७२६ जना रहेको र उनीहरुको सन्तानलाई नागरिकता प्रदान गर्न याे अध्यादेश ल्याइएकाे हाे ।

वैवाहिक अंगीकृतको विषयमा संसदमा भएको विधेयकमा विवाद भएकाले अध्यादेशमा समावेश नगरिएकाे बडालले स्पष्ट पार्नुभएकाे छ ।

नागरिकता सम्बन्धि बिषयमा विगतमा भने स्वयं प्रधानमन्त्रीले नै अध्यादेशमा रहेका प्रावधानबारे विराेध गर्दै आउनुभएकाे थियाे ।

अहिले सत्ता संकट परेकाले मधेसी माेर्चाकाे साथ लिन सरकारले याे अध्यादेश जारी गरेकाे हुन सक्ने कतिपयकाे बुझाइ रहेकाे छ ।

Facebook Comments