प्रतिनिधसभा विघटन विरूद्ध परेका रिटकाे सुनुवाइ बिहीबार र शुक्रबार हुने

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटकाे पेसी बिहीबार र शुक्रबारका लागि तोकिएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबार र संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाइ जेठ १४ गते शुक्रबार हुने गरी पेसी ताेकिएकाे हाे ।  

प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा जम्मा ३० वटा रिट दायर भएका छन्। सोमबार पाँच दलका शीर्ष नेतासहित  १४६ सांसदले पुनःस्थापना गरी प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्‍त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरएका थिए।

रिट दर्ताका  लागि पाँचै दलका शीर्ष  १४६ सांसद अदालतमा उपस्थित भएका थिए। रिटमा संसद् विघटन खारेजी गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम नेपाली देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ।

नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त हुने प्रधानमन्त्रीका लागि समर्थन गरेका आधारमा प्रतिनिधिसभाका सदस्यलाई दल त्याग गरेको भन्ने राष्ट्रपति कार्यालय समेतका नाममा परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी संवैधानिक हकको संरक्षण गर्न  निवेदनमा माग गरिएको छ।

रिट निवेदन मध्ये ४ वटामा भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै नियुक्त गर्न माग गरिएकाे छ ।

Facebook Comments