चीनले थप १० लाख डाेज खाेप अनुदान दिने

चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिवीच भएकाे टेलिफाेन वार्तापछि चीनले १० लाख डाेज खाेप अनुदानमा दिने घाेषणा गरेकाे हेा ।

चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभयाे ।  यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो।

बुधबार दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा टेलिफोन वार्ता गर्नुभएकाे थियाे ।

चिनफिङसँग झन्डै पौने घन्टा कुराकानीमा राष्ट्रपति भण्डारीले सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि सहयाेग गरिदिन अनुरोध गरेकी गर्नुभएकाे थियाे ।

यसअघि मंगलबार भारतीय समकक्षीलाई पनि पत्र पठाउँदै राष्ट्रपति भण्डारीले भारतले यसअघि अनुदानमा दिएको खोपका लागि धन्यवाद दिदैं थप खाेप उपलब्ध गराउनका लागि सहजीकरणका लागि अनुराेध गर्नुभएकाे थियाे ।

भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो भने नेपालले नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको थियो। त्योमध्ये १० लाख खोप आएको छ भने बाँकी १० लाख अझै आएको छैन।

भारतमा काराेना महामारी फैलिएपछि खाेप तथा स्वास्थ्य सामग्री निर्यातमा राेक लगाइएकाे छ ।

Facebook Comments