आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्व ४७ अरव ५७ कराेडकाे बजेट सार्वजनिक
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गर्नुभएकाे हाे ।
गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।
चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताउनुभयाे ।
बजेटले कर्मचारीकाे तलव मासिक २ हजारले बृद्धि गरेकाे छ । सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएकाे छ । पत्रकारकाे दुर्घटना विमा ७ लाखकाे गर्ने र ५० प्रतिशत सरकारले बेहाेर्ने तथा पत्रकारकाे सरकारी अस्पतालमा निशुल्क उपचारकाे ब्यवस्था बजेटमा घाेषणा गरिएकाे छ ।

