संसद विघटन मुद्दा हेर्दाहेर्दैमा

संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । आइतबारको बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि गठन भएकाे संवैधानिक इजलासमा न्यायधीशहरूकै राय बाझिएपछि पुनः बरिष्ठत्तम न्यायधीश सम्मिलित संवैधानिक इजलास गठन गरिएकाे थियाे ।

संवैधानिक इजलासको आइतबारको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा मात्र बहस केन्द्रित भएकाले मुल बिषयमा बहस हुन पाएन ।

बहसमा महान्यायाधिवक्ता रमेश बडाल, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आएका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने माग राखेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च गएका निवेदक पक्षका कानुन व्यवसायीले भने इजलासमा निवेदनमाथि बहस हुनुपर्ने माग गरेका थिए ।

शेरबहादुर देउवासहित १ सय ४६ सांसदलगायत कानुन व्यवसायीले भने वरिष्ठताका आधारमा इजलास गठन गरिएकाले अब इजलासबारे नभई रिट निवेदनमाथि बहस हुनुपर्ने माग गरेका हुन् । सर्वाेच्चमा संसद विघटन विरूद्ध ३० वटा रिट निवेदन दर्ता भएका छन् ।

Facebook Comments