गण्डकीका मुख्यमन्त्री गुरूङ पदमुक्त
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङ पदमुक्त हुनुभएकाे छ । विहीबार गण्डकी प्रदेश सभामा विश्वासकाे मत हाँसिल गर्न नसकेपछि गुरूङ स्वतः पदमुक्त हुनुभएकाे हेा ।
विश्वासकाे मत दिने प्रस्तावकाे पक्षमा २७ मत र विपक्षमा ३० मत परेकाे थियाे । जनमाेर्चाका सांसद कृष्ण थापाले कुनै पनि पक्षमा मतदान गर्नुभएन । स्वतन्त्र सांसद राजीव गुरूङ(दीपक मनाङे) प्रदेश सभा बैठकमा अनुपस्थित हुनुभयाे ।
अव प्रदेश प्रमुखले संविधानकाे धारा १६८ काे उपधारा ५ बमाेजिम सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । उक्त धारा अनुसार पनि सरकार गठन हुन नसकेकमा गण्डकी प्रदेश सभा विघटनकाे दिशामा जानेछ ।
एमाले बाहेकका विपक्षी दलहरू सरकार गठनका लागि प्रयाशरत रहेका छन् । स्वतन्त्र सांसद मनाङेले साथ दिएमा विपक्षी गठबन्धनकाे सरकार बन्नेछ । बैठकमा सभामुख सहित ५९ जनाकाे उपस्थिति रहेकाेमा ५७ जनाले मतदानमा भाग लिएका थिए।

