गण्डकीमा मुख्यमन्त्रीमा पृथ्बीसुब्बाकाे पुनः दावी
विश्वासकाे मत गुमाएपछि पनि गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पुनः दाबी गर्नुभएकाे छ ।
राष्ट्रिय जनमाेर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षकाे समर्थनमा गुरूङले मुख्यमन्त्रीमा दावी गर्नुभएकाे श्राेतले जनाएकाे छ ।
तर राजमाेका कृष्ण थापा दाेस्राे पटक पदमुक्त भएकाे र जसपाका प्रदेश सभामा रहेका दुवै सांसद काँग्रेसका कृष्णभक्त पाेखरेलकाे समर्थनमा सशरीर उपस्थित भएर हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नाे पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा श-शरीर उपस्थित गराई शुक्रबार नै मुख्यमन्त्रीकाे दाबी पेश गर्नुभएकाे थियाे ।
गुरूङकाे याे कदमसँगै केन्द्रमा जस्तै गण्डकी प्रदेश सभा पनि विघटन तर्फ लैजान खाेजिएकाे शंका गरिएकाे छ ।
Facebook Comments

