गण्डकीमा मुख्यमन्त्री र ४ मन्त्रीकाे सपथ सम्पन्न
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाल पाेखरेल र ४ मन्त्रीले पद तथा गाेपनियताकाे सपथ लिएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पाैडेल समक्ष पाेखरेलले मुख्यमन्त्रीमा र कुमार खड्का, राजीव गुरूङ, मधुमाया अधिकारी गुरूङ र हरिशरण अाचार्यले विनाविभागीय मन्त्रीका रूपमा पद तथा गाेपनियताकाे सपथ लिनुभएकाे हाे ।
मन्त्रालय भागवण्डा मिलिनसकेकाे र बाँकी मन्त्रीहरूकाे समेत नाम टुंगाे नलागेकाले विनाविभागीय मन्त्रीका रूपमा सपथग्रहण गराइएकाे हाे ।
नवनियुक्त मन्त्रीहरूले शनिबार नै मन्त्रालयमा पुगी पदभारग्रहण गर्ने बताइएकाे छ ।
Facebook Comments

