गण्डकी प्रदेशकाे नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट पेश हुँदै
गण्डकी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेकाे आगामी आर्थिक वर्ष २०७८/७९ काे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ ।
सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित भएको हाे ।
साेमबार प्रदेश प्रमुख सीता पौडेलमार्फत प्रदेश सभामा पेश भएकाे कार्यक्रममा सरकारले कोभिड–१९ सँगै स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार एवं रोजगारउन्मुख नीति अवलम्बन गर्ने उल्लेख छ ।
प्रदेश सभा बैठकमा मंगलबार नीति तथा कार्यक्रममाथि सांसदहरूले छलफल गरेका थिए । साे क्रममा सांसदहरूले उठाएका विभिन्न विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जवाफ दिनुभएकाे थियाे ।
विपक्षी एमालेका सांसदले सरकारले पुराना राम्रा कार्यक्रम नराखेकाे र केही कार्यक्रम लागू हुन नसक्ने खालका ल्याएकाे टिप्पणी गरेका थिए । सरकारले मंगलबार ४ बजे बस्ने प्रदेश सभा बैठकमा बजेट ल्याउने तयारी गरेकाे छ ।

