निर्वाचन आयोग पूर्वाग्रही बन्याेः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षले निर्वाचन आयोगले आफ्नाे पार्टीकाे सम्बन्धमा पूर्वाग्रहपूर्ण निर्णय गरेको निष्कर्ष निकालेको छ ।

अध्यक्ष उपेन्द्र यादवले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका पदाधिकारी र बहुमत सदस्यले गरेको निर्णयलाई आयोगले दल दर्ता किताबमा अद्यावधिक नगरेको र कसैकाे एकपक्षीय हितमा प्रेरित भएर निर्णय गरेकाे भन्दै असन्तुष्टि व्यक्त गरिएकाे हाे ।

‘निर्वाचन आयोगको निर्णय राजनीतिक दलसम्बन्धि कानुन, जसपाकाे अन्तरिम विधान विपरीत निर्णय गरेकाे ठहर गर्दै विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रूपले वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ, जुन कार्य विधिसम्मत देखिँदैन,’ विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments