मुख्यमन्त्री पाेखरेलले असार ४ मा विश्वासकाे मत लिने

गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने तयारी शुरू गर्नुभएकाे छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजिव गुरुङ सहितकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त पोखरेलले संवैधानिक प्रावधान अनुसार विश्वासकाे मत लिने तयारी थाल्नुभएकाे हाे ।

संसद सचिवालयमा विश्वासकाे मत लिने सम्बन्धि प्रस्ताव दर्ता भइसकेकाे र असार ४ गते विश्वासको मत लिने तयारी भएकाे पाेखरेलकाे सचिवालयले जनाएकाे छ ।

संविधानकाे धारा १६८ काे उपचार ५ बमाेजिम मुख्यमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र संसदमा विश्वासकाे मत लिनुपर्ने संवैधानिक प्रावधान रहेकाे छ ।

पाेखरेलले विश्वासकाे मत प्राप्त गर्न नसकेमा संविधान अनुसार नै ६ महिनाभित्र निर्वाचन गर्ने गरी निर्वाचनमा जानुपर्ने हुन्छ ।

पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ ।

विश्वासको मत लिएपछि मात्रै बजेटमाथिकाे छलफल र मन्त्रीहरूकाे कार्यविभाजन गर्ने मुख्यमन्त्री पोखरेलकाे तयारी छ । ४ जना मन्त्री भएपनि सबै विनाविभागीय छन् भने ११ वटै मन्त्रालयकाे जिम्मेवारी स्वयं पाेखरेलले नै लिनुभएकाे छ ।

Facebook Comments