गण्डकीमा मन्त्रालय बाँडफाँडमा किचलाे, अर्थ र भाैतिक पूर्वाधार सबैकाे राेजाई

गण्डकी प्रदेश सरकारमा सहभागी गठबन्धनमा रहेका दलहरूवीच सत्ता साझेदारीमा सहमति हुन नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेकाे छैन । गठबन्धनमा रहेका अधिकांश सांसद मन्त्री पदकाे आकांक्षी हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएकाे हाे ।

आकांक्षी मध्येमा पनि धेरैकाे दावी अर्थ र भाैतिक पूर्वाधार मन्त्रालयमा छ । सत्ताकाे नेतृत्व गरेकाे दल नेपाली काँग्रेस महत्वपूर्ण मन्त्रालय अन्य दलकाे पाेल्टामा दिन अनिच्छुक छ । काँग्रेसकै सांसदकाे पनि ति मन्त्रालयमा दावी छ ।

विश्वासकाे मत लिन नै सकस हुने देखेपछि प्रदेश सभामा रहेका २ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा), लाई अर्थसहित २ मन्त्रालय दिने सहमति भएकाे थियाे ।

उक्त सहमति पालना नभएकाे भन्दै जसपा निकट नेताहरूले गठबन्धन ताेडिएकाे बताउन थालेका छन् ।

स्वतन्त्र सांसद राजीव गुरूङले पनि भाैतिक पूर्वाधार मन्त्रालय नै राेजपछि गठबन्धनमा मन्त्रालय बाँडफाँड थप पेचिलाे बनेकाे छ । गण्डकीमा ११ मन्त्रालय रहका छन् ।

तीमध्ये मुख्यमन्त्री सहित ४ वटा नेपाली काँग्रेस, ४ वटा नेकपा माओवादी केन्द्र, २ वटा जनता समाजवादी पार्टीर १ स्वतन्त्र सांसदले लिने सहमति भएपनि मन्त्रालय बाँडफाँडमा भने दलहरूवीच सहमति जुट्न नसकेकाे हाे ।

Facebook Comments