नेपालमा परिवर्तित काेराेना भाइरसकाे संक्रमण

नेपालमा काेराेना भाइरस (कोभिड–१९)काे परिवर्तित स्वरूप फेला परेकाे छ । विभिन्न ४७ वटा नमुना परीक्षणबाट संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणका लागि भारतको नयाँ दिल्लीमा पठाइकाे नमुनाकाे अनुवांशिक (जिन सिक्वयन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप फेला परेकाे जनाएकाे छ ।

मन्त्रालयले साेमबार विज्ञप्ति जारी गर्दै डेल्टा भेरियन्टकाे परिवर्तित रूप फेला परेकाे जानकारी दिएकाे हाे ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नमुना परीक्षणमा पठाइएकाे डेल्टा भेरियन्टका ४७ मा नौ वटामा थप उत्परिवर्तन रुप के ४१७एन म्युटेसन देखिएको हाे ।

Facebook Comments