संवैधानिक आयोगहरूमा २० पदाधिकारी नियुक्त

संसदीय सुनुवाइ विना नै संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गरिएकाे छ ।

राष्ट्रपति कार्यालयले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरकाे जानकारी दिएकाे छ ।

संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो । सिफारिश गरिएकाे ४५ दिनसम्म सुनुवाइ नभएमा नियुक्त हुन सक्ने प्रावधान अनुसार पदाधिकारी नियुक्ति गरिएकाे छ ।

संवैधानिक परिषद् सम्बन्धि अध्यादेश सम्बन्धि मुद्दा सर्वाेच्चमा विचाराधीन रहेकाे छ भने नियुक्ति खारेजीकाे माग राख्दै रिट निवेदन दर्ता भएका छन् । सरकारले साेकाे वेवास्ता गर्दै नियुक्ति गरेकाे हाे ।

Facebook Comments