गण्डकीमा सत्तारूढ दलहरूवीच मन्त्रालय बाँडफाँडमा सकस

 गण्डकी प्रदेशमा सत्ता गठबन्धन गरेका दलहरूवीच मन्त्रालय बाँडफाँडमा अझै कुरा मिल्न सकेकाे छैन् ।

जसका कारणा विनाविभागीय दुई मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हाले पनि बाँकी २ जना विनाविभागी मन्त्रीकै रूपमा रहने भएका छन् । 

आइतबारदेखि कांग्रेसका मन्त्री कुमार खड्काले सामाजिक विकास र माओवादी केन्द्रकी मन्त्री मधु अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

सरकार गठन भएकाे १७ दिन वित्दा समेत दलहरूवीच कुरा मिलेकाे छैन जसले गर्दा बजेटमाथिकाे छलफल समेत प्रभावित बनेकाे छ भने मन्त्राालयहरूमा मन्त्री नहुँदा कार्यसम्पादनमा समेत समस्या भइरहेकाे छ ।

जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ अझै पनि विनाविभागीय छन् । आचार्यले जसपाकी सांसद धनमाया लामालाई मन्त्रीको शपथ नखुवाएसम्म आफूले मन्त्रालयको जिम्मा नलिने बताउनुभएकाे छ भने गुरुङले आफूले माग गरेको मन्त्रालय नपाएसम्म अरु मन्त्रालयको जिम्मेवारी नलिने भनेपछि विनाविभागीय मन्त्रीकै रूपमा रहनुभएकाे हाे ।

Facebook Comments