सहमति कार्यान्वयन नभएकाेमा विप्लव नेतृत्वकाे नेकपाकाे असन्तुष्ट
नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग भएकाे सहमति कार्यान्वयन नभएकाेमा असन्तुष्ट देखिएकाे छ ।
साे पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले काठमाण्डाैमा पत्रकार सम्मेलन गरी आफुहरूसँग भएको सहमति कार्यान्वयन नभए त्यसको नोक्सान सरकारलाई नै पर्ने चेतावनी दिनुभएकाे छ ।
सरकारसँग वार्ता गर्न गठित टाेलीका संयाेजक समेत रहनुभएका नेकपा नेता प्रकाण्डले सहमति पालना नभए सरकारले त्यसकाे कडा मुल्य चुकाउनुपर्ने बताउनुभयाे ।
सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटपछि नेकपाले पत्रकार सम्मेलन गरेकाे हाे । नेता प्रकाण्डका अनुसार सहमति कार्यान्वयनका लागि नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ताको काम १० दिनभित्र टुंग्याउन नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । सरकारका तर्फबाट भने केवल आश्वासन मात्र दिने काम भएको उहाँकाे भनाइ छ ।
सरकारले प्रतिबन्ध लगाएकाे नेकपाले सरकारसँग ३ बुँदे सहमति गरेर शान्तिपूर्ण राननीतिमा संलग्न हुँदै अार्काे छ ।

