सर्वोच्चको फैसलाप्रति प्रधानमन्त्री ओलीकाे आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चले दिएको पदबाट नै हटाउने खालकाे फैसला गरेकाेप्रति आक्रोश व्यक्त गर्नुभएकाे छ । मंगलबार देसबासीका नाममा सम्बाेधन गर्ने क्रममा ओलीले आक्रोश व्यक्त गर्नुभएकाे हाे ।

प्रधानमन्त्री पदबाट बाहिरिनु अघि ओलीले अदालतको फैसलाले देशको राजनीतिकलाई दिशाहीन बाटोमा अघि बढाउने दाबी गर्नुभयाे । साथै उहाँले फैसलाले दलीय ब्यवस्थामा चुनाैति थपिएकाे उल्लेख गर्दै अदालतले अत्याधिक न्यायिक सक्रियता देखाएको आरोप लगाउनुभयाे।

पार्टीबाट चुनाव लडेका सांसदले जो सुकैलाई समर्थन गर्न सक्छन्, मतदान गर्न सक्छन्, उनीहरुलाई ह्वीप लगाउन नमिल्ने, कारबाही गर्न नमिल्ने भनेर संविधानको अपव्याख्या फैसलामा गरिएकाे ओलीकाे भनाइ छ ।

आफू जनादेशबाट प्रधानमन्त्री बनेकाे दाबी गर्दै ओलीले शेरबहादुर देउवालाई अदालतको आदेशबाट प्रधानमन्त्री बनेको टिप्पणी समेत गर्नुभयाे । देश विकासका लागि नयाँ शोच ल्याएको र त्यसलाई असाधरण ढंगले अघि बढेको सरकार पूर्ण सफल बनेकाे ओलीकाे दावी थियाे ।

Facebook Comments