एमाले विवादः नेपाललाई पार्टीमा ठाउँ नभएकाे ओलीकाे घाेषणा

नेकपा (एमाले)का अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अपराधीको संज्ञा दिदैं पार्टीमा कुनै ठाउँ नदिने बताउनुभएकाे छ ।

पार्टीकाे स्थायी कमिटी र संसदीय दलकेा शुक्रबार बसेकाे छुट्टा छुट्टै बैठकमा अध्यक्ष ओलीले नेता नेपाल पक्षका काेही व्यक्तिगत रूपमा स्वागत गर्ने तर नेपालका लागि भने ठाउँ नरहेकाे बताउनुभएकाे हाे ।

सिंहदरबारस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन नेता नेपालले मुख्य अपराधीकाे भूमिका निभाएकाे आराेप लगाउनुभयाे । यसअघि पनि ओलीले बालकाेटस्थित घरको बार्दलीबाट भाषण गर्दै नेता नेपाललाई गद्दारको संज्ञा दिनुभएकाे थियाे ।

Facebook Comments