एमालेले सांसदसँग स्पषटीकरण साेध्ने

नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाइ विश्वासकाे मत दिने अाफना सांसदलाइ स्पष्टीकरण साेध्ने भएकाे छ ।

साेमबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेकाे १०औं केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका थिए ।

आइतबार संसदमा भएकाे मतदानमा विश्वासको मत दिने ओली पक्षका ८ सांसदमध्ये गोपाल(किसन) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी तथा नेपाल पक्षबाट नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी थिए ।

Facebook Comments