प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटारमा
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुग्नुभएकाे छ । साेमबार साँझ प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुग्नुभएकाे हाे ।
साे अवसरमा प्रधानमन्त्री देउवाले प्रचण्ड पत्नी सीता दाहालकाे स्वास्थ्य अवस्थाकाे जानकारी लिनुका साथै स्वास्थ्य लाभकाे समेत कामना गर्नुभएकाे प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।
यद्यपि दुइ नेतावीच मन्त्रिपरिषद्काे पूर्णता, गठबन्धनकाे साझा नीति तथा कार्यक्रम लगायतका बिषयमा समेत छलफल भएकाे बताइएकाे छ ।
यसअघि मंगलबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच भएकाे भेटमा पुस ५ गते यता पूर्ववर्ती सरकारले गरेका नियुक्ति खारेज गर्नेबारे छलफल भएकाे थियाे ।
यसैगरी प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादववीच पनि भेटवार्ता भएकाे थियाे ।

